गृहपृष्ठ प्रधानमन्त्री कप एकदिवशीय क्रिकेटमा दीपेन्द्रको दोस्रो शतक
प्रधानमन्त्री कप एकदिवशीय क्रिकेटमा दीपेन्द्रको दोस्रो शतक
नेपाल पुलिस क्लबका कप्तान दीपेन्द्र सिंह ऐरीले जारी प्रधानमन्त्री कप राष्ट्रिय एकदिवशीय क्रिकेटमा दोस्रो शतक बनाएका छन् ।
विभागीय टोली त्रिभुवन आर्मी क्लबसँगको सेमिफाइनलमा दीपेन्द्रले प्रतियोगिताको आफ्नो दोस्रो शतक पूरा गरेका हुन् ।
उनले १०७ बलमा ९ चौका र ३ छक्कासहित शतक पूरा गरेका हुने । चौथो नम्बरमा ब्याटिङमा आएका दीपेन्द्रले आरिफ शेखसँग १५० रनभन्दा बढीको साझेदारी गरिसकेका छन् । पाँच ओभरको खेल बाँकी रहँदा दीपेन्द्र १२० र आरिफ ५१ रन बनाएर खेलिरहेका छन् ।
यी दुईको लामो साझेदारीले टस हारेर ब्याटिङ गरेको पुलिस ठूलो योगफलतर्फ अग्रसर छ । ४५ ओभरको खेल सकिँदा पुलिसले ३ विकेट गुमाएर २३५ रन बनाएको छ । यसअघि ओपनर कुशल भुर्तेलले ३१, सुनील धमलाले १३ र अमित श्रेष्ठले १० रन बनाएर आउट भए ।
प्रतियोगितामा दीपेन्द्रको दोस्रो शतक हो । यसअघि समूह चरणमा वागमती प्रदेशविरुद्ध ८२ बलमा १०८ रनको शतकीय पारी खेलेका थिए ।
दीपेन्द्रले प्रतियोगितामा अहिलेसम्म २ शतक र १ अर्धशतक बनाएका छन् ।
प्रकाशित समय : १२:१४ बजे




















