global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ विश्व इतिहासमा आजः विलमिङटन नरसंहारदेखि चीन विश्व व्यापार संगठनको सदस्यसम्म

विश्व इतिहासमा आजः विलमिङटन नरसंहारदेखि चीन विश्व व्यापार संगठनको सदस्यसम्म

विश्व इतिहासमा आजः विलमिङटन नरसंहारदेखि चीन विश्व व्यापार संगठनको सदस्यसम्म

आज १० नोभेम्बर । प्रस्तुत छ आज इतिहासमा भएका केही महत्वपूर्ण विश्व घटनाः

विलमिङटन नरसंहार
अमेरिकामा सन् १८९८ मा एउटा नरसंहार मच्चिएको थियो । निर्वाचनमार्फत द्विजातीय सहर परिषदको स्थापनापछि नरसंहार भएको थियो । परिषद स्थापनाको बिरोधमा अश्वेतहरुले परिषद भवन भत्काउनुका साथै  प्रशस्त सम्पत्ति तोडफोड गरेका थिए । गोराले दर्जनौ अश्वेतहरुको हत्या गरेका थिए  ।

अमेरिकी समुद्री सेनाको स्थापना
अमेरिकी क्रान्तिकारी युद्धको समयमा सन् १७७५ मा अमेरिकाले समुद्र र वायुमा पनि सञ्चालन हुने सैन्य फौज स्थापना गरेको थियो ।

बोलिभियाली नेताको राजीनामा
बोलिभियाका नेता तथा पहिलो आदिवासी राष्ट्रपति इभो मोरल्सले सन् २०१९ को १० नोभेम्वरमा राजीनामा दिएका थिए । चौथो कार्यकालका लागि निर्वाचित भएका इभोमाथि  निर्वाचनमा धाँधली गरेको आरोप लागेको थियो ।

चीन विश्व व्यापार संगठनको सदस्य
आजकै दिन चीन विश्व व्यापार संगठनको सदस्य भएको थियो । १५ वर्षको छलफलपछि सन् २००१ को नोभेम्वरमा चीनको सदस्यता अनुमोदन भएको थियो । त्यसको भोलीपल्ट ताइवानको सदस्यता स्वीकृत भएको थियो ।

प्रकाशित समय : ०८:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु