global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ फोनपेमा मर्चेन्टको संख्या १० लाख, दैनिक काराेबार ४ अर्बमाथि

फोनपेमा मर्चेन्टको संख्या १० लाख, दैनिक काराेबार ४ अर्बमाथि

फोनपेमा मर्चेन्टको संख्या १० लाख, दैनिक काराेबार ४ अर्बमाथि

भुक्तानी प्रणाली सञ्चालक फोनपेको क्यूआर मर्चेन्ट संख्या १० लाख नाघेको छ । नेपाललाई क्यासलेस बनाउने योजना अनुसार ‘नगद छोडौं, फोनपे गरौं’ भन्ने नारासहित तीन वर्षअघि स्थापना भएको फोनपेमा छोटो समयमै आम व्यवसायीको आकर्षण बढेको हो ।

फोनपे नेटवर्कमार्फत हाल दैनिक ४ अर्ब बढीको कारोबार हुँदै आएको छ । वित्तीय क्षेत्रमा फोनपेले बनाएको यो नयाँ रेकर्डसँगै डिजिटल भुक्तानीको क्षेत्रमा ठूलो परिवर्तनसमेत आएको छ । फोनपेको सेवा हाल सातै प्रदेशका सबै स्थानीय तहका सबै वडामा पुगिसकेका छन् । गाउँ-गाउँसम्म विस्तार भइसकेको फोनपे क्यूआर सहरका अधिकांश पसलमा देखिन थालेका छन् ।

ग्राहकहरुले पनि नगद बोकेर हिँड्नुको साटो फोनपेमार्फत भुक्तानी गर्न सहज ठानेका छन् । डिजिटल कारोबारमा आएको यस परिवर्तनले मर्चेन्ट र ग्राहकलाई सहज बनाउनुका साथै नेपालको डिजिटल इकोनोमीमा ठूलो परिवर्तन ल्याउँदै गएकाे छ ।

मर्चेन्टको संख्या १० लाख पुगेको उपलक्ष्यमा फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवश सापकोटाले भने, ‘हामीले नेपालको अर्थतन्त्रलाई डिजिटल बनाउन नगदरहित समाजको जुन परिकल्पनाका साथ यसको सुरुवात गरेका थियौं, छोटो समयमै मर्चेन्टको संख्या १० लाख पुग्दा हामी थप उत्साहित भएका छौं ।’

प्रकाशित समय : १३:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु