गृहपृष्ठ २५ किलो गाँजासहित एक जना पक्राउ, दुई जना फरार
२५ किलो गाँजासहित एक जना पक्राउ, दुई जना फरार
प्रहरीले २५ किलो गाँजासहित बाराबाट एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय निजगढले निजगढ नगरपालिका–१२ बारथलीका प्रेमबहादुर लोलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
लोसहित तीन जना मकवानपुर तर्फबाट गाँजा ल्याउँदै गर्दा फरार भएका थिए । तर, लो भने पक्राउ परेका हुन् । बाँकी दुई जना अझै फरार रहेको प्रहरीले जनाएको छ ।
उनीहरूले बोकेर ल्याएको तीन वटा बोरामा क्रमश ७, ७ र ११ किलो गरी २५ किलो गाँजा बरामद भएको बारा प्रहरीका प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिए ।
प्रकाशित समय : ०७:५४ बजे


















