काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

आइपीओ जारी गर्ने तयारीमा नेपाल वेयरहाउजिङ कम्पनी

11.57K
shares

नेपाल वेयरहाउजिङ कम्पनीले सर्वसाधारणकाे लागि यही आर्थिक वर्षमा आइपीओ जारी गर्ने भएकाे छ । कम्पनीकाे चौथो वार्षिक साधारण सभाले संस्थापकहरुबाट कूल पुँजीको ८० प्रतिशत बराबर ५५ करोड पुँजी पुर्‍याई २० प्रतिशत बराबारको १३ करोड ७५ लाख सर्वसाधरणका लागि यही आर्थिक वर्षभित्र जारी गर्ने निर्णय गरेकाे हाे ।

कम्पनीले साइलो प्रविधिबाट मकै, गौ, भटमासलगायत ५५ हजार मेट्रिक टन क्षमता बराबर भण्डारण सुविधा, कृषि उपजहरुको वैज्ञानिक लिलाम व्यवस्थापन, वेयरहाउस रसिदको धितोमा विभिन्न बैंकहरुको सहकार्यमा ऋण सुविधा तथा अनाज कन्टेनरको सेवा दिने जनाएकाे छ । कम्पनीले सुनसरीकाे औरबानी शाखा र कपिलवस्तुको चन्द्रौटा शाखामा १५ हजार मेट्रिक टन क्षमताका साइलो, पर्साकाे बिरुवागुठी शाखामा २५ हजार मेट्रिक टन क्षमताका साइलो जडान गरिरहेको छ ।

तीनवटै पारियोजानाको अनुमानित लागत १ अर्ब ५० करोड रहेकाेमा कम्पनीले बाँकी लगानी ५ वटा बैंकबाट सहवित्तीयकारणबाट जुटाएकाे छ । औरबानी शाखामा यही महिनाबाट भण्डारण सुरुवात गर्ने कम्पनीकाे योजना रहेकाे छ । यसका साथै ६ महिनाभित्र अन्य दुई परियोजनामार्फत सेवा प्रदान गर्ने र लगत्तै कम्पनीले धानको विभिन्न शाखाबाट लिलाम बढाबढको सुरुवात गर्ने लक्ष्यसमेत लिएको कम्पनीले जानकारी दिएकाे छ ।

यस कम्पनीको भारतको सबैभन्दा ठूलो भण्डारण सुविधा प्रदायक नेशनल कोलट्ररल म्यानेजमेन्ट कम्पनी लिमिटेडसँग सहकार्य रहेको छ । यस कम्पनीमा निम्बस समूह, शिखर इन्स्योरेन्स, श्रीनगर एग्रो, मुक्तिनाथ एग्रो, निफ्रा, एनएमबी बैंक, आइएमई जनरल इन्स्योरेन्स, हाथवे, हिमालयन क्यापिटल, टीएनआई, टिम भेन्चस्, आध्यानता, अल्फा क्यापिटल लगायतको लगानी रहेको छ ।