काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

फरार दुई अभियुक्त पक्राउ

8.21K
shares

विभिन्न मुद्दामा सजाय पाएर फरार रहेका दुई प्रतिवादीलाई बागलुङ प्रहरीले पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्दामा फैसला भएर फरार भएका एक जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङले १३ वर्षपछि र बैकिङ्ग कसुर मुदामा फैसला भएर फरार रहेका प्रतिवादीलाई ३ वर्षपछि शुक्रबार पक्राउ गरेको हो।

बागलुङ जिल्लाको साविक बोवाङ गाविस-९ का ५५ वर्षीय पिमबहादुर विक र बानपा-१३ का ५२ वर्षीय विष्णु गिरीलाई निजहरूको घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिए ।

विकलाई सर्वोच्च अदालत काठमाडौंले २०६८ साल वैशाख २१ गते १२ वर्ष ६ महिना कैदको फैसला गरेको थियो ।

२०६६ मंसिर ३० गते साविक बोबाङ-९ का मन प्रसाद विकलाई कुटपिट गरी चोटपिरको कारण पौष ३ गते उपचारका क्रममा ढोरपाटनतर्फ लैजाँदै गर्दा बाटैमा नै मृत्यु भएपछि कुटपिटमा संलग्न रहेको भन्दै जिल्ला अदालत बागलुङले बोवाङ ९ का लाल बहादुर विक, घम बहादुर विक र पिम बहादुर विकलाई जन्म कैदको सजाय सुनाएको थियो ।

उनीहरूलाई पुनरावेदन अदालत बागलुङ र सर्वोच्च अदालत काठमाडौंले २०६८ वैशाख १४ गते जिल्लाको फैसलालाई नै निरन्तरता दिँदै विकलाई १२ वर्ष ६ महिना कैद तोकेको थियो। विक सोकी समयदेखि नै फरार रहेको भन्दै प्रहरीको फरार सूचीमा थिए ।

पक्राउ परेका विकलाई कैद भुक्तान गर्न जिल्ला अदालत बागलुङमा पठाइएको प्रनाउ थापाले बताए । यस्तै बागलुङ नगरपालिका-१३ पैयुँपाटा बस्ने ५२ वर्षीय विष्णु गिरीलाई उनकै घरबाट पक्राउ गरिएको छ ।

उनीविरुद्ध चेक बाउन्स भएको बैकिङ्ग कसुर मुद्दामा जिल्ला अदालत पाटन संयुक्त बाणिय इजलासको २०७६ कात्तिक १ गतेको फैसलाले २० दिन कैद र ७ लाख ९६ हजार रुपैयाँ जरिवानाको फैसला थियो ।

गिरीलाई लगत कट्टाको लागि बागलुङ जिल्ला अदालतमा पठाइएको प्रनाउ थापाले बताए ।