काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बागमतीमा डेंगु संक्रमितकाे संख्या ३३ हजार नाघ्याे

11.89K
shares

बागमतीमा प्रदेशमा लामखुट्टेको टोकाइबाट हुने डेंगु संक्रमणबाट बिरामीको संख्या ३३ हजारभन्दा बढी पुगेको छ । यो संख्या दिन प्रतिदिन बढ्दै गएको देखिन्छ ।

बागमती प्रदेशमा गत साउन महिनादेखि कात्तिक १८ गतेसम्ममा ३३ हजार सात सय ६५ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

डेंगुबाट प्रभावित भएको प्रदेशका जिल्लामा सबैभन्दा बढी काठमाडौंमा रहेको छ भने सबैभन्दा कम रसुवामा रहेको निर्देशनालयबाट प्राप्त तथ्यांकमा जनाइएको छ । काठमाडौंमा १३ हजार दुईसय जनामा डेंगु संक्रमित भएका छन् भने रसुवामा आठ जनामा रोग पुष्टि भएको हो ।

यसैगरी ललितपुरमा नौ हजार दुईसय, मकवानपुरमा चार हजार छसय ६९, भक्तपुरमा तीन हजार ६०, चितवनमा एक हजार आठ सय ५०, धादिङमा आठसय ६० काभ्रेपलाञ्चोकमा चारसय ८०, रामेछापमा एकसय ६८, सिन्धुपाल्चोकमा एकसय ६५, नुवाकोटमा एकसय ६८, सिन्धुलीमा एकसय ३३ तथा दोलखामा ८२ जनामा डेंगु संक्रमण पुष्टि भएको बताइएको छ ।

यस्तै प्रदेशमा डेंगुबाट हालसम्ममा २१ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।