काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

लमजुङमा नगदसहित ३८ जुवाडे पक्राउ

6.72K
shares

जिल्ला प्रहरी कार्यालय लमजुङले नगदसहित ३८ जना जुवाडेलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय लमजुङ र इलाका प्रहरी कार्यालय भोटेओडारबाट खटिएको संयुक्त प्रहरी टोलीले शुक्रबार राति जिल्लाका दुई ठाउँबाट दुई लाख ८१ हजार एक सय २५ रुपैयाँ र ३२ थान कौडासहित ३८ जना जुवाडलाई पक्राउ गरेको हो ।

प्रहरीले बेसीशहर नगरपालिका-११ चिती तिनपिप्लेका गणेशप्रसाद श्रेष्ठको घरमा बाजी राखी जुवा(कौडा) खेल्दै गरेका सम्बन्धित घरधनीसहित २५ जनाको साथबाट नगद एक लाख २१ हजार पच्चिस रुपैयाँ र १६ थान कौडा पक्राउ गरेकाे प्रहरी प्रमुख डिएसपी प्रकाश श्रीमलले बताए ।

पक्राउ पर्ने सबै बेसीशहर नगरपालिका-११ का छन् । यस्तै, प्रहरीले सुन्दरबजार नगरपालिका-१ कुन्छाका रामबहादुर दुराले जुवा (कौडा) खेलाउदै गरेको अबस्थामा रामबहादुर दुरासहित १३ जनालाई नगद एक लाख ६० हजार एक सय २५ रुपैयाँ र १६ थान कौडासहित पक्राउ गरेकाे डिएसपी श्रीमलले बताए । पक्राउ परेका १२ जना सुन्दरबजार नगरपालिकाका रहेका छन् भने एक जना तनहुँका छन् ।