थप १७ जना काेराेनामुक्त, देशभर ५६२ जना सक्रिय संक्रमित
वि.सं.२०७९ कात्तिक १९ शनिवार १६:५५
shares

नेपालमा पछिल्लो २४ घण्टामा थप १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर ४४९ पीसीआर तथा ८२७ एन्टिजेन परीक्षण भएको छ । शनिबार १७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन । हाल देशभर ५६२ जना कोरोनाका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएकाे छ ।


























