global ime bank Long Banner Ad

गृहपृष्ठ विप्लव समूहद्वारा चुनाव बिथोल्ने निर्णय

विप्लव समूहद्वारा चुनाव बिथोल्ने निर्णय

विप्लव समूहद्वारा चुनाव बिथोल्ने निर्णय

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आगामी निर्वाचन बिथोल्ने निर्णय गरेको छ । विप्लव नेतृत्वको नेकपाले आगामी ४ मंसिरमा हुने प्रतिनिधि तथा प्रदेशसभाको चुनाव बिथोल्ने निर्णय गरेको हाे ।

मंगलबार काठमाडौंको प्रज्ञा प्रतिष्ठान भवनमा आयोजित पत्रकार सम्मेलनमा स्थायी कमिटी सदस्य सन्तोष बुढामगरले नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको ४ कात्तिकमा बसेको दोस्रो बैठकले चुनाव खारेज गर्ने निर्णय गरेको बताए ।

चुनाव खारेज अभियानअन्तर्गत देशव्यापी रुपमा भण्डाफोर र प्रचार अभियान चलाउने निर्णय भएको उनले जानकारी दिए ।

प्रकाशित समय : १४:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु