global ime bank Long Banner Ad

गृहपृष्ठ आइसीसी टी-२० विश्वकपबाट बाहिरियाे अफगानिस्तान

आइसीसी टी-२० विश्वकपबाट बाहिरियाे अफगानिस्तान

आइसीसी टी-२० विश्वकपबाट बाहिरियाे अफगानिस्तान

आइसीसी टी-२० विश्वकप क्रिकेट प्रतियाेगिताबाट अफगानिस्तान बाहिरिएकाे छ । अष्ट्रेलियाको ब्रिसबेनमा मंगलबार भएको खेलमा श्रीलंकासँग ६ विकेटले पराजित भएसँगै अफगानिस्तान विश्वकपबाट बाहिरिएको हाे ।

अफगानिस्तानले दिएको १ सय ४५ रनको लक्ष्य श्रीलंकाले १८ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा गर्‍याे । श्रीलंकाको जितमा धनन्जय डी सिल्भाले अविजित रहँदै ६६ रनको अर्धशतकीय इनिङ खेले । कुशल मेन्डीसले २५ रन जोड्दा चारिथ असलन्काले १९ रन बनाए । भानुका राजपाक्षेले १८ रन जोड्दा पाथुम निसन्काले १० रन बनाए ।

अफगानिस्तानका राशिद खान र मुजिब उर् रहमानले २/२ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४४ रन बनाएको थियो । अफगानिस्तान रहमानउल्लाह गुरुबाजले २८ रन जोड्दा उश्मान घानीले २७ रन बनाए । इब्राहिम जाड्रनले २२ तथा नाजिबउल्लाहले १८ रन बनाए । श्रीलंकाका वानिन्दु हसरंगा डी सिल्भाले ३ तथा लाहिरु कुमाराले २ विकेट लिए ।

समूह ‘१’मा रहेको श्रीलंकाले यो दोस्रो जितसँगै ४ खेल खेल्दा ४ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । अहिलेसम्म २ अंक मात्र जोडेकाे अफगानिस्तान अंक तालिकाकाे पुछारमा छ ।

प्रकाशित समय : १४:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु