काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

ब्रोकर, स्टक र कमोडिटी एक्सचेन्जको अनुमति प्रक्रिया रोकियो

9.07K
shares

ब्रोकर, स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको अनुमति प्रक्रिया रोकिएको छ । सर्वोच्च अदालतको आदेशपछि तत्काललाई अनुमति प्रक्रिया रोकिएको हाे ।

सोमबार अदातलको आदेश बोर्डमा आएसँगै हामीले आवेदन लिने कार्य अहिलेलाई स्थगित गरिएको हाे । कात्तिक २२ गते थप छलफलको लागि बोलाएको अदालतले त्यस अघिसम्म प्रक्रिया अगाडि नबढाउन अन्तरिम आदेश दिएको हो ।

स्टक र कमोडिटी एक्सचेन्जको लागि गरेको मागमा कसैको पनि आवेदन नपरेको धितोपत्र बोर्डले उल्लेख गरेको छ । मंगलबार यस्तो आवेदन दिने समय पनि सकिएको छ । त्यस्तै, ब्रोकरको लागि भने ४५ वटाले नयाँ र एउटाले स्तरोन्नतिको आवेदन दिएका छन् ।

बोर्डले स्टक एक्सचेन्ज र वस्तु विनियम बजार व्यवसायका लागि ४५ दिनको समय दिएर सूचना प्रकाशित गरेको थियो ।