काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

मोरङमा १४ वर्षीय बालकको हत्या, पाँच जना पक्राउ

8.53K
shares

मोरङको उर्लाबारीमा १४ वर्षीय बालकको हत्या भएको छ । आइतबार राति दमक नगरपालिका-१० आमवाडीका १४ वर्षीय दियुश श्रेष्ठको हत्यामा भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार हत्यामा संलग्न रहेको आरोपमा पाँच जनालाई पक्राउ गरिएको छ । पक्राउ परेका पाँच जना १८ वर्षमुनीका किशोर छन् ।

पक्राउ परेकाहरूले पूर्व रिसइसवी र मेलामा मुख छाडेको निहुँमा छुरा प्रहार गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

मोरङ र झापाको सीमा भएर बग्ने मावा खोलाको उर्लाबारी नगरपालिका वडा–७ खण्डमा लागेको छठ मेलामा श्रेष्ठमाथि छुरा प्रहार भएको प्रहरीले जनाएको छ ।