global ime bank Long Banner Ad

गृहपृष्ठ मोरङमा १४ वर्षीय बालकको हत्या, पाँच जना पक्राउ

मोरङमा १४ वर्षीय बालकको हत्या, पाँच जना पक्राउ

मोरङमा १४ वर्षीय बालकको हत्या, पाँच जना पक्राउ

मोरङको उर्लाबारीमा १४ वर्षीय बालकको हत्या भएको छ । आइतबार राति दमक नगरपालिका-१० आमवाडीका १४ वर्षीय दियुश श्रेष्ठको हत्यामा भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार हत्यामा संलग्न रहेको आरोपमा पाँच जनालाई पक्राउ गरिएको छ । पक्राउ परेका पाँच जना १८ वर्षमुनीका किशोर छन् ।

पक्राउ परेकाहरूले पूर्व रिसइसवी र मेलामा मुख छाडेको निहुँमा छुरा प्रहार गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

मोरङ र झापाको सीमा भएर बग्ने मावा खोलाको उर्लाबारी नगरपालिका वडा–७ खण्डमा लागेको छठ मेलामा श्रेष्ठमाथि छुरा प्रहार भएको प्रहरीले जनाएको छ ।

प्रकाशित समय : १८:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु