काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

‘सञ्चार जगतले जनताको पक्षमा कलम चलाउनुपर्छ’

8.27K
shares

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध रहेको बताएका छन् । दीपावली, नेपाल संवत् र छठ पर्वका अवसरमा नेपाल प्रेस युनियनले साेमबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले प्रेस स्वतन्त्रताको रक्षा र लोकतन्त्रको सुदृढीकरणका लागि सरकार प्रतिबद्ध रहेको बताए ।

प्रधानमन्त्री देउवाले भने, ‘प्रेस स्वतन्त्रता प्रजातन्त्र र लोकतन्त्रको सुदृढीकरणका लागि आवश्यक छ । संविधानले प्रेस स्वतन्त्रतालाई कुनै बन्देज गरेको छैन, वर्तमान सरकारले प्रेस स्वतन्त्रतालाई हस्तक्षेप गर्ने छैन ।’

उनले प्रेस स्वतन्त्रता नभए देशमा प्रजातन्त्रको विकास र सुदृढीकरण हुन सक्दैन भन्दै स्वतन्त्रताको पक्षमा सरकार उभिने विश्वास दिलाए । ‘प्रजातन्त्रका लागि प्रेस स्वतन्त्रता आवश्यक छ । पार्टी (नेपाली कांग्रेस)ले पनि कुनै बन्देज लगाएको छैन, संविधानले नै प्रेस स्वतन्त्रतालाई सुनिश्चित गरेकाले यसको प्रवर्द्धनका निम्ति सबै लाग्नुपर्छ,’ प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवाले भने । गठबन्धन सरकारले प्रेस स्वतन्त्रतालाई कुनै हस्तक्षेप र बन्देज नगरेको स्पष्ट पार्दै उनले सञ्चार जगतले जनताको पक्षमा कलम चलाउनुपर्ने धारणा राखे ।

प्रधानमन्त्री देउवाले आवधिक निर्वाचनमार्फत जनताले आफ्नो प्रतिनिधि छान्न पाउने भएकाले निर्वाचनको महत्व रहेको बताए । उनले जनताको सुखदुःखमा साथ दिने पार्टी पनि कांग्रेस भएकाले मुलुकको विकास र समृद्धिका लागि कांग्रेसको नेतृत्व जरुरी रहेको दोहोर्‍याए । उनले भने, ‘आर्थिक समृद्धि, संविधानको रक्षा र लोकतन्त्रको सुदृढीकरणका लागि हाम्रो नेतृत्व अपरिहार्य छ ।’

कार्यक्रममा कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले संविधानको रक्षाका लागि गठबन्धन अपरिहार्य रहेको भन्दै सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत गठबन्धनका पक्षमा जनमत सिर्जना गर्न आग्रह गरे । उनले वर्तमान गठबन्धन सरकारले भ्रष्टाचार रोकेर सुशासन अभिवृद्धि गर्दै अर्थतन्त्रलाई सुधारको दिशामा अघि बढाएको दावी गरे ।