काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

विश्वमा आजः चेचेन विद्रोहीद्वारा १७० विद्रोही बन्धकदेखि जाँ पाल सात्रद्वारा नोबेल पुरस्कार अस्विकार

7.9K
shares

आज २३ अक्टोबर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटना विकसित भएका थिए । प्रस्तुत छ आज भएका केही घटनाः

चेचेन विद्रोहीद्वारा १७० विद्रोही बन्धक

मोभासर बारेभले नेतृत्व गरेको करिब ५० चेचेन विद्रोहीको समूहले सन् २००२ का मस्कोस्थित एक नाट्यशाला कब्जा गरी ८५० जनालाई बन्धक बनाएका थिए । विद्रोहीले सर्वसाधरणलाई तीन दिनसम्म बन्धक बनाएका थिए । बन्धक बनाइएका व्यक्तिलाई रिहा गर्ने क्रममा प्रहरी र विद्रोहीबीच गोली हानाहान हुाँदा १७० जनाको मृत्यु भएको थियो ।

बेरुत बम हमला

सन् १९८३ मा लेबनानको गृहयुद्धमा अमेरिका र फ्रान्सको ब्यारेकअगडि भएका दुई ओटा बम बिस्फोटमा ३०० फ्रान्सेली र अमेरिकी सेनाको मृत्यु भएको थियो । जिहादी समूहले सो बिस्फोटको जिम्मा लिएको थियो ।

जाँ पाल सात्रद्वारा नोबेल पुरस्कार अस्विकार

सन् १९६४ मा फ्रान्सका प्रसिद्ध दार्शनिक तथा साहित्यकार जाँ पाल सात्रले आफूलाई प्रदान गरेको साहित्यतर्फको नोबेल पुरस्कार अस्वीकार गरेका थिए ।

फुटबल बादशाह पेलेको जन्म

आजकै दिन अर्थात २३ अक्टोबर १९४० मा ब्राजिलका फुटबल बादशाह पेलेको जन्म भएको थियो । ८० वर्षीय पेलेको वास्तविक नाम इडसन आरेन्टेस डो नासिमेन्टो हो ।