गृहपृष्ठ दुईपटकको विश्व विजेता वेस्ट इन्डिज बाहिरिएपछि आयरल्यान्ड विश्वकपको सुपर १२ मा
दुईपटकको विश्व विजेता वेस्ट इन्डिज बाहिरिएपछि आयरल्यान्ड विश्वकपको सुपर १२ मा
दुई पटकको विश्व विजेता वेस्ट इन्डिज अस्ट्रेलियामा जारी २० विश्वकप क्रिकेटबाट बाहिरिएको छ । शुक्रबार राति आयरल्यान्डसँग नौ विकेटले पराजित भएसँगै वेस्ट इन्डिजको सुपर १२ पुग्ने सम्भावना सकिएको हो । योसँगै आयरल्यान्ड सुपर १२ मा उक्लिएको छ ।
एक सय ४७ रनको लक्ष्य आयरल्यान्डले १७.३ ओभरमा मात्र एक विकेट क्षतीमा भेट्टायो । आयरल्यान्डका लागि पाउल स्टर्लिङले अविजित ६६ र लोकान टर्करले अविजित ४५ रन जोडे ।
यसअघि टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ४६ रनको योगफल तयार पारेको थियो । वेस्ट इन्डिजका ब्रान्डन किंगले अविजित ६२, जोन्सन चाल्र्सले २४ रन जोडे । आयरल्यान्डका गारेथले ३ विकेट लिए ।
सन् २०१२ र २०१६ को टी २० विश्वकप विजेता वेस्ट इन्डिज यसपटक भने समूह चरणबाट बाहिरिएको हो ।
समूह बी बाट ३ खेलमा २ जितपछि ४ अंकसहित शीर्ष स्थानमा बस्दै सुपर १२ मा प्रवेश गरेको छ । ३ खेलमा २ अंक मात्र जोडेको वेस्ट इन्डिजको यात्रा समूह चरणबाट माथि उठ्न सकेन ।
दोस्रो स्थानको स्कटल्यान्ड र जिम्बाब्वेको समान २ अंक छ । यी दुई बीचको विजेताले पनि सुपर १२ स्थान बनाउने छ ।
प्रकाशित समय : ११:२४ बजे

















