global ime bank Long Banner Ad

गृहपृष्ठ अर्घाखाँचीमा ७४ वर्षीय वृद्धले गरे भाईको हत्या

अर्घाखाँचीमा ७४ वर्षीय वृद्धले गरे भाईको हत्या

अर्घाखाँचीमा ७४ वर्षीय वृद्धले गरे भाईको हत्या

अर्घाखाँचीमा ७४ वर्षीय वृद्धले आफ्नै भाईको हत्या गरेका छन् । जिल्लाको भूमिकास्थान नगरपालिका वडा नं. १ घर भएका हिमबहादुर गमालले आफ्नै सहोदर भाई विरबहादुर गमालको हत्या गरेका हुन् । यही कार्तिक २ गते राती भिरमा लडेर ज्यान गुमाएका भनिएका गमालको शव अर्कोदिन बिहानमात्र फेला परेको थियो ।

घटनाको अनुसन्धान गर्दा आफ्नै दाईले भिरबाट धकेलेको भेटिएपछि ७४ वर्षीय हिमबहादुर गमाललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ ।

प्रहरीका अनुसार २० गते दिउँसो भुमिकास्थान नगरपालिका वडा नं. ४ धारापानीमा रहेको शाइन रेसुंगा बैंकबाट संगै वृद्धाभक्ता निकालेका दाजुभाई हिड्दै घर जानेक्रममा आपसी विवाद भएपछि घचेटाघचेट भएको थियो ।

दुई दाजुभाईबीच लेनदेनमा भएको विवादमा दाईले घचेट्दा भाई भिरबाट खसेको प्रहरीले जनाएको छ । भिरबाट खसेका गमालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित समय : १०:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु