global ime bank Long Banner Ad

गृहपृष्ठ सन्दीपलाई थुनामा राख्न तेस्रोपटक थपियो म्याद

सन्दीपलाई थुनामा राख्न तेस्रोपटक थपियो म्याद

सन्दीपलाई थुनामा राख्न तेस्रोपटक थपियो म्याद

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध अनुसन्धान गर्न तेस्रोपटक चार दिनको म्याद थप भएकाे छ । बलात्कारको आरोप लागेका सन्दीपविरुद्ध पुनः म्याद थप्न बुधबार जिल्ला अदालत काठमाडौं लगिएको थियो ।

अनुसन्धान गर्न थप समय आवश्यक भएकाले हिरासतमा राख्न अनुमति मागिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए । सन्दीपविरुद्ध दोस्रोपटक हिरासतमा राख्न अदालतसँग लिइएको पाँच दिनको अनुमति मंगलबार सकिए पनि सार्वजनिक बिदा परेकाले आज म्याद थपिएको हो ।

प्रहरी वृत्त, गौशालाबाट उनी विरुद्धको मुद्दाको अनुसन्धान अगाडि बढाइएको छ । एक नाबालिगले आफूमाथि बलात्कार गरेको आरोप लगाउँदै उनीविरुद्ध गएको भदौ २१ गते जाहेरी दिएकी थिइन् ।

प्रकाशित समय : १२:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु