गृहपृष्ठ कोका-कोलाले वैदेशिक रोजगारीमा गएका १४ जनालाई दसैं मनाउन नेपाल ल्यायो
कोका-कोलाले वैदेशिक रोजगारीमा गएका १४ जनालाई दसैं मनाउन नेपाल ल्यायो
३० लाखभन्दा बढी नेपालीहरु वैदेशिक रोजगारीको सिलसिलामा नेपालबाहिर छन् । तीमध्ये एकदमै थोरै मात्र हरेक वर्षको दसैंंमा घर आउन सक्छन् । एक त कमजोर आर्थिक अवस्था, त्यसमाथि फेरि कोरोना कहरले यस्ता धेरै नेपालीहरु घर फर्कन पाएनन् । नेपालीहरुको महान चाड विजयादशमी तथा दिपावलीको अवसर पारेर कोका-कोला नेपालले यस्तै नेपालीहरुलाई चाडबाड मनाउन घर फर्कने व्यवस्था गरेको छ ।
सम्बन्धउत्सव स्वादसँग क्याम्पेनअन्तर्गत कोका–कोलाको वैदेशिक रोजगारीको सिलसिलामा कुवेत गएका र धेरै लामो समयसम्म आफ्नो परिवारसँग टाढा रहेका १४ जना नेपाली दाजुभाई, दिदीबहिनीहरुलाई नेपाल ल्याएको थियो । वर्षौंदेखि चाहेर बल्ल-बल्ल पूरा भएको उनीहरुको कुवेतदेखि नेपालसम्मको यात्रा, नेपाल फर्किन पाउँदाको उनीहरुको हर्ष, लामो समयपछि आफ्नो परिवारसँग मिलन हुँदाको म्याजिकल पलहरुलाई कैद गरेर कोका-कोलाले एउटा भिडियो पनि बनाएको छ, जसलाई कोका-कोलाको युट्युब च्यानल र सामाजिक सञ्जालहरुमा हेर्न सकिन्छ ।
यसरी घर फर्कन पाउनेहरु मध्येकी एक हुन् कान्छी माया तामाङ । ‘११ वर्षदेखि म वैदेशिक रोजगारमा छु । हरेक वर्ष विशेष गरी दसैं र तिहारमा आफ्नो परिवारसँग हुन नपाउँदा साहै्र पीडा हुन्थ्यो । तर यो वर्ष भने बल्ल म नेपाल आउन पाएको छु र परिवारसँग दसैंं-तिहार मनाउन पाएको छु, मेरो खुशीको सीमा नै छैन । ६ वर्ष पछि मलाई घर ल्याइदिएकोमा कोका-कोलालाई धेरै-धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु,’ उनले भनिन् ।
क्याम्पेनको बारेमा बोल्दै कोका-कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने, ‘कोका-कोला सम्बन्धहरुमा विश्वास गर्छ र खास गरी यस्ता चाडबाडको समयमा सम्बन्धहरुलाई अझै नजिक बनाएर म्याजिक छर्न चाहन्छ । त्यसैले हाम्रो यस वर्षको दसैं थिम पनि सम्बन्धउत्सव स्वादसँग राखेका छौं । यसै सन्दर्भमा हामीले विदेशिएका र लामो समयदेखि आफ्नो परिवारबाट टाढा रहनुभएका नेपालीहरुलाई घर आउने व्यवस्था गरेका छौं । किनभने दसैंंको मुख्य आकर्षण भनेको नै आफ्नो नजिकको मान्छेहरुसँग समय बिताउने अवसर हो । चाडपर्वको अवसरमा वहाँँहरुलाई आफ्नो परिवारसँग मिलन गराउन पाएकोमा हामीलाई पनि खुशी लागेको छ ।’
‘सम्बन्धउत्सव स्वादसँग क्याप्म्पेनको मुख्य उद्देश्य भनेको उपभोक्ताहरुलाई चाडपर्वको समयमा मीठा-मीठा परिकारहरुसँगै आफ्नो आफन्तजनहरुसँग समय बिताउन र सम्बन्ध मजबुत बनाउनको लागि अभिप्रेरित गर्ने हो,’ कम्पनीले भनेको छ ।
भिडियो :
प्रकाशित समय : १७:२४ बजे



















