nmb bank

गृहपृष्ठ कात्तिकदेखि कर्जाको ब्याज १८ प्रतिशतसम्म पुग्ने

कात्तिकदेखि कर्जाको ब्याज १८ प्रतिशतसम्म पुग्ने

कात्तिकदेखि कर्जाको ब्याज १८ प्रतिशतसम्म पुग्ने

कर्जाको ब्याजदर फेरि बढ्ने भएको छ । कात्तिक १ गतेदेखि बैंक कर्जाको ब्याजदर १८ प्रतिशतसम्म पुग्ने अनुमान छ । निक्षेपको ब्याजदर भने असोज महिनासम्मको जस्तै हुने छ ।

बेस रेट घटीमा पनि ०.५ प्रतिशत विन्दुले बढ्ने र त्यसमा प्रिमियम पनि थपिंदा ब्याजदर बढेर १७ देखि १८ प्रतिशतसम्म पुग्ने नेपाल बैंकर्स संघका पदाधिकारीहरुले बताइरहेका छन् ।

बैंकहरुले कात्तिकको लागि व्यक्तिगत मुद्दति निक्षेपमा १२.१३३ प्रतिशत ब्याजदर प्रकाशित गरेका छन् । यसैगरी रेमिट्यान्स मुद्दतिमा १३.१३ प्रतिशतदेखि १५.१३३ प्रतिशत ब्याजदर प्रकाशित गरेका छन् । भदौसम्म व्यक्तिगत मुद्दति ११.०३ प्रतिशत र संस्थागतमा ९.०३ प्रतिशत थियो । उक्त ब्याजदर असोजमा बढाएर १२.१३३ र १०.१३३ प्रतिशत पुर्‍याइएको थियो ।

यस्तै साधारण बचतमा ६.०३ प्रतिशत न्युनतम र ८.०३ प्रतिशत अधिकतम ब्याजदर रहेकोमा असोजमा न्युनतम ७.१३३ प्रतिशत र अधिकतम ९.१३३ प्रतिशत तथा रेमिट्यान्स बचतमा १.१३३ प्रतिशत ब्याजदर पुर्‍याइएको थियो । बैंकर्स संघमा भद्र सहमति भएर कात्तिकको लागि पनि बैंकहरुले सोही ब्याजदरलाई निरन्तरता दिएका छन् ।

असोजमा कतिपय बैंकको बसेरेट नै ११ प्रतिशत माथि पुग्नसक्ने बैंकरहरु नै बताउँछन् । यस्तो अवस्थामा अब नयाँ कर्जा स्वीकृत गराउनेहरुका लागि कर्जाको ब्याजदर १७ देखि १८ प्रतिशतसम्म पुग्ने अवस्था देखिएको छ ।

नेपाल राष्ट्र बैंकले निक्षेपको ब्याजदर हरेक त्रैमासमा परिवर्तन गर्नसक्ने व्यवस्था गरेको छ । अर्कोतर्फ कर्जाको ब्याजदर भने हरेक त्रैमासमा एक पटक मात्रै बेस रेटमा भएको घटबढको आधारमा तलमाथि गर्नसक्ने व्यवस्था गरेको छ ।

प्रकाशित समय : ०९:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु