काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कात्तिकदेखि कर्जाको ब्याज १८ प्रतिशतसम्म पुग्ने

9.83K
shares

कर्जाको ब्याजदर फेरि बढ्ने भएको छ । कात्तिक १ गतेदेखि बैंक कर्जाको ब्याजदर १८ प्रतिशतसम्म पुग्ने अनुमान छ । निक्षेपको ब्याजदर भने असोज महिनासम्मको जस्तै हुने छ ।

बेस रेट घटीमा पनि ०.५ प्रतिशत विन्दुले बढ्ने र त्यसमा प्रिमियम पनि थपिंदा ब्याजदर बढेर १७ देखि १८ प्रतिशतसम्म पुग्ने नेपाल बैंकर्स संघका पदाधिकारीहरुले बताइरहेका छन् ।

बैंकहरुले कात्तिकको लागि व्यक्तिगत मुद्दति निक्षेपमा १२.१३३ प्रतिशत ब्याजदर प्रकाशित गरेका छन् । यसैगरी रेमिट्यान्स मुद्दतिमा १३.१३ प्रतिशतदेखि १५.१३३ प्रतिशत ब्याजदर प्रकाशित गरेका छन् । भदौसम्म व्यक्तिगत मुद्दति ११.०३ प्रतिशत र संस्थागतमा ९.०३ प्रतिशत थियो । उक्त ब्याजदर असोजमा बढाएर १२.१३३ र १०.१३३ प्रतिशत पुर्‍याइएको थियो ।

यस्तै साधारण बचतमा ६.०३ प्रतिशत न्युनतम र ८.०३ प्रतिशत अधिकतम ब्याजदर रहेकोमा असोजमा न्युनतम ७.१३३ प्रतिशत र अधिकतम ९.१३३ प्रतिशत तथा रेमिट्यान्स बचतमा १.१३३ प्रतिशत ब्याजदर पुर्‍याइएको थियो । बैंकर्स संघमा भद्र सहमति भएर कात्तिकको लागि पनि बैंकहरुले सोही ब्याजदरलाई निरन्तरता दिएका छन् ।

असोजमा कतिपय बैंकको बसेरेट नै ११ प्रतिशत माथि पुग्नसक्ने बैंकरहरु नै बताउँछन् । यस्तो अवस्थामा अब नयाँ कर्जा स्वीकृत गराउनेहरुका लागि कर्जाको ब्याजदर १७ देखि १८ प्रतिशतसम्म पुग्ने अवस्था देखिएको छ ।

नेपाल राष्ट्र बैंकले निक्षेपको ब्याजदर हरेक त्रैमासमा परिवर्तन गर्नसक्ने व्यवस्था गरेको छ । अर्कोतर्फ कर्जाको ब्याजदर भने हरेक त्रैमासमा एक पटक मात्रै बेस रेटमा भएको घटबढको आधारमा तलमाथि गर्नसक्ने व्यवस्था गरेको छ ।