nmb bank

गृहपृष्ठ शिक्षा मन्त्रालयकाे कदममाथि मन्त्रिपरिषद् कार्यालयकाे लगाम

शिक्षा मन्त्रालयकाे कदममाथि मन्त्रिपरिषद् कार्यालयकाे लगाम

शिक्षा मन्त्रालयकाे कदममाथि मन्त्रिपरिषद् कार्यालयकाे लगाम

काठमाडौँ । शिक्षा मन्त्रालयले गरेको सरुवामाथि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले लगाम लगाएकाे छ ।

शिक्षा मन्त्रालयले गरेको चिकित्सा शिक्षा आयोगका सदस्यसचिव (सहसचिव) को सरुवामाथि मन्त्रिपरिषद् कार्यालयले लगाम लगाउँदै रद्द गरिदिएको छ ।

दसैंअघि सदस्यसचिव भोजराज काफ्लेलाई मन्त्रालय सरुवा गर्दै मन्त्रालयका सहसचिव शिवकुमार सापकोटालाई आयोग सरुवा गरिएको थियो ।

त्यसमा आयोगका पदाधिकारीले असन्तुष्टि जनाउँदै आएका थिए । सापकोटा आयोगमा हाजिर भएपछि शिक्षा मन्त्रालय, आयोग र कर्मचारीबीच झनै द्वन्द्व बढेको थियो ।

आइतबार मन्त्रिपरिषद्को कार्यालयले पुस मसान्तसम्म काफ्लेलाई नै कामकाजमा लगाउने र सापकाटोलाई अर्को व्यवस्था गर्न निर्देशन दिएको हो ।

शिक्षामन्त्री देवेन्द्र पौडेल र मुख्यसचिव शंकर दास बैरागीको निर्देशनमा कार्यालयका सचिव गणेशप्रसाद पाण्डेयले सरुवा रद्द गर्ने निर्णय गरेका हुन् ।

प्रकाशित समय : १९:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु