काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

चोरी पैठारी रोक्न सरकारलाई जुत्ता उत्पादकको आग्रह

7.54K
shares

नेपाली जुत्ता चप्पल उत्पादक उद्योगी व्यवसायीहरुले चोरी पैठारी नियन्त्रणमा खरो उत्रिन सरकारलाई आग्रह गरेका छन् । जुत्ता चप्पल तथा छालाजन्य बस्तुको क्षेत्रमा देशलाई आत्मनिर्भर बनाउने अभियानसहित लागिपरेको फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालका व्यवसायीहरुले चोरी पैठारी र न्युन विजकीकरणका कारण व्यवसाय नै धरापमा पर्ने अवस्था आएको भन्दै समयमै सजग रहन सरकारलाई सचेत बनाएका हुन् ।

अहिले हुँदै आएको अनियन्त्रित चोरी पैठारीलाई नियन्त्रण गर्न सरकारको प्रयास चुस्त दूरस्त नभएकोमा गुनासो समेत गरेका छन् ।

व्यवसायीहरुले बजार अनुगमन कडा ढंगले गर्नुपर्ने र नियमित हुनुपर्ने माग समेत गरेका छन् । उनीहरुले विल विजक जारी भएको नभएको विषयमा समेत सरकारले अनुगमन गर्नुपर्ने बताएका छन् ।

यस्ताे छ जारी विज्ञप्ति