गृहपृष्ठ रवि लामिछानेले चितवन २ मा उम्मेदवारी दिने
रवि लामिछानेले चितवन २ मा उम्मेदवारी दिने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उठ्ने भएका छन् । उनका सहयोगी दीपक बोहराका अनुसार लामिछाने चितवन २ बाट उठ्ने निर्णय भएको हो ।
उनी उम्मेदवारी मनोनयनका लागि चितवन पुगेका छन् । चितवन ३ बाट उठ्ने चर्चा रहे पनि लामिछानेले २ बाट उम्मेदवारी दर्ता गराउने तयारी गरेका छन् । प्रचण्डलाई टक्कर दिनकै लागि चितवन ३ बाट उम्मेदवारी दिने चर्चा चलिरहेकै बेला प्रचण्ड गोरखा पुगेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले चितवन १ बाट हरि ढकाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
प्रकाशित समय : ११:०३ बजे

















