काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मेडिकल परीक्षणका लागि सन्दीप लामिछानेलाई अस्पताल लगियो

12.43K
shares

काठमाडौं । सन्दीप लामिछानेलाई मेडिकल परीक्षणका लागि अस्पताल लगिएको छ । सन्दीपको मेडिकल परीक्षणका लागि केएमसी अस्पतालमा लगिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेर सन्दीपलाई प्रहरी वृत्त गौशाला लगेको थियो । लामिछाने आज कतार एयरवेजको क्यूआर ६४८ कलसाइन भएको जहाजबाट नेपाल आएका थिए ।

सन्दीपलाई अदालतमा भने आइतबार मात्र उपस्थित गराइनेछ । भोलिसम्म दशैंको विदा र पर्सि शनिबारका कारण अदालत बन्द हुनेछ । आइतबार अदालत खुलेपछि म्याद थपका लागि उनलाई उपस्थित गराइने प्रहरीले जनाएको छ ।

उनी जमैकामै रहेका बेला उनीविरुद्ध भदौ २१ गते प्रहरी वृत्त गौशालामा नाबालिगमाथि बलात्कारको जाहेरी परेको थियो। भदौ ५ गते सन्दीपले बलत्कार गरेको जाहेरीमा उल्लेख छ । लामिछानेमाथि १७ वर्षीया नाबालिगमाथि बलात्कारको आरोप लागेको छ ।