global ime bank Long Banner Ad

गृहपृष्ठ डेंगुबाट ज्यान गुमाउनेको संख्या ४१ पुग्यो, ३१ हजारभन्दा धेरैमा संक्रमण पुष्टि

डेंगुबाट ज्यान गुमाउनेको संख्या ४१ पुग्यो, ३१ हजारभन्दा धेरैमा संक्रमण पुष्टि

डेंगुबाट ज्यान गुमाउनेको संख्या ४१ पुग्यो, ३१ हजारभन्दा धेरैमा संक्रमण पुष्टि

डेंगुका कारण साउनयता नेपालमा ४१ जनाको मृत्यु भएको छ ।  इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हिजो बेलुकासम्मको तथ्यांक अनुसार अहिलेसम्म डेंगु भएर ४१ जनाको ज्यान गएको पुष्टि भएको छ । डेंगुका संक्रमितको संख्या ३१ हजार नाघेको छ ।

पानी परिरहेकाले डेंगु अझै फैलिन सक्ने जोखिम रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको किटजन्य रोग निवारण शाखाका प्रमुख डाक्टर गोकर्ण दाहालले बताए । बिहान बेलुका चिसो हुन थालेकाले डेंगुको संक्रमण केही कम हुने आंकलन गरिए पनि पानी परिरहेकाले जोखिम उस्तै रहेको उनको भनाइ छ ।

डेंगुबाट जोगिने एक मात्रै उपाय भनेको लामखुट्टेको टोकाइबाट नै जोगिनु हो । घर वरिपरि पानी जम्ने खाल्डाखुल्डी पुर्न, पूरा बाउला भएका कपडा लगाउन र एक हप्ता भन्दा लामो समयसम्म बाल्टीलगायत भाँडोमा पानी जम्मा गरेर नराख्न चिकित्सकको सुझाव छ ।

प्रकाशित समय : १३:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु