काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

पाकिस्तानमा बाढीबाट करिब एक हजार ७०० को मृत्यु

10.71K
shares

पाकिस्तानमा यस वर्षको बाढी पहिरोमा परेर कम्तीमा पनि एक हजार ७०० जनाको ज्यान गएको बताइएको छ ।मध्य जुलाईबाट आएको बाढीमा परेर यस वर्ष पाकिस्तानमा ठूलो जनधनको क्षति भएको बताइएको छ । अधिकारीहरुले यहाँ दशकौँपछि पहिलो पटक आएको यो विनाशकारी बाढीले निकै क्षति पुर्याएको थियो ।

यहाँ गएको मनसुनी वर्षाको समयमा एक हजार छ सय ९५ जनाको ज्यान गएको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ ।सो प्राधिकरणका अनुसार यहाँ बाढीबाट अरु १२ हजार आठ सय ६५ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको पनि सो प्राधिकरणले जनाएको छ ।

सो प्राधिकरणले आइतबार प्रकाशन गरेको एक समाचारमा मृत्यु हुनेमा बालबालिका छ सय ३० जना रहेका छन् । त्यस्तै अरु तीन सय ४० जना महिलाको पनि सो बाढीमा परेर ज्यान गएको छ ।

पाकिस्तानको दक्षिणी क्षेत्रको सिन्ध प्रान्तमा बढी मात्रामा बाढीले क्षति पु¥याएको छ । यस प्रान्तमा मात्र सात सय ५९ जनाको ज्यान गएको छ ।

त्यसैगरी यहाँका अधिकारीहरुले सिन्ध पछि बलुचिस्तान र खैबर प्रान्तमा पनि बाढीले क्षति पुगेको जनाएका छन् । यी दुई प्रान्तमा मात्र छ सय भन्दा बढीले ज्यान गुमाएका छन् ।