global ime bank Long Banner Ad

गृहपृष्ठ दसैंको अवधिभर काठमाडौं महानगरले निःशुल्क एम्बुलेन्स सेवा दिने

दसैंको अवधिभर काठमाडौं महानगरले निःशुल्क एम्बुलेन्स सेवा दिने

दसैंको अवधिभर काठमाडौं महानगरले निःशुल्क एम्बुलेन्स सेवा दिने

काठमाडौं महानगरपालिकाले दसैंमा निःशुल्क एम्बुलेन्स सेवा दिने भएको छ । डेंगु महामारीकै रुपमा फैलिरहेका बेला दसैंको अवधिभर महानगरले नागरिकका लागि स्वास्थ्य सेवा उपलब्ध गराउने घोषणा गरेको हो ।

महानगरका मेयर बालेन साहका अनुसार डेंगुबारे जानकारी लिने र बिरामीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइनेछ ।

डेंगुबारे जानकारी लिनका लागि महानगरपालिकाले हटलाइन सेवा दिनेछ । जसका लागि ११८० मा फोन गरेर सेवा लिन सकिनेछ । एम्बुलेन्स सेवाका लागि १०२ मा सम्पर्क गर्न सकिने मेयर साहले जानकारी गराएका छन् ।

साथै दसैं अवधिमा महानगरमा ५५८ स्वंयमसेवक खटाइनेछ । उनीहरूले सिटामोल र जीवनजल वितरण गर्नेछन् ।

प्रकाशित समय : ०९:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु