गृहपृष्ठ लक्ष्मी बैंकको १४३ औँ शाखा बागलुङको गलकोटमा
लक्ष्मी बैंकको १४३ औँ शाखा बागलुङको गलकोटमा
लक्ष्मी बैंकले आफ्नो १४३ औँ शाखा बागलुङको गलकोटमा विस्तार गरेको छ । गलकोट नगरपालिका–३ को हटिया बजारमा सञ्चालन गरिएको शाखामार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंङ सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ ।
यस नयाँ शाखाको शुरुवातसँगै लक्ष्मी बैंकको शाखा संजाल ५० जिल्लामा फैलिएको छ । बैंकका हाल १४३ शाखा, १३ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १७७ एटीएम, २५०० भन्दा बढी रेमिटेन्स् एजेन्ट तथा ७१ शाखारहित बैंकिङ एजेन्टहरु सञ्चालनमा छन् ।
यो शाखामा बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, सानाव्यवसायी कर्जा, लघुवित्त लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा आक्रामक रुपमा आफनो शाखा सेवा विस्तार गर्दै आएको छ ।
प्रकाशित समय : ०८:५३ बजे

















