global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ शेखरले आयोजना गरे चियापान, खबरदारी सभामा नपुगेका चिया खान पुगे

शेखरले आयोजना गरे चियापान, खबरदारी सभामा नपुगेका चिया खान पुगे

शेखरले आयोजना गरे चियापान, खबरदारी सभामा नपुगेका चिया खान पुगे

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले काठमाडौंको बत्तीसपुतलीस्थित एक पार्टी प्यालेसमा चियापान कार्यक्रम आयोजना गरेका छन् ।

आज बिहानको चियापान कार्यक्रममा शेखरसँगै उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा लगायत सहभागी छन् ।

यसअघि शेखर कोइराला पक्षले पार्टीलाई खबरदारी गर्न भन्दै पार्टी कार्यालय सानेपामा आयोजना गरेको धर्ना कार्यक्रममा सहभागी नभएका नेताहरु आजको चियापान कार्यक्रममा भने सहभागी छन् । चियापानको यो कार्यक्रमलाई पनि शेखर पक्षले खबरदारीकै निरन्तरता भनेको छ ।

आगामी निर्वाचनको सिट बाँडफाँटमा सम्मानजनक रुपमा टिकट पाउनुपर्ने माग गर्दै आएको शेखर पक्षले बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएको थियो ।

पार्टी कमिटीहरुमा सम्मानजनक स्थान नपाएको भन्दै शेखर पक्षले विभिन्न कार्यक्रम गरी विरोध जनाउँदै आएको छ ।

प्रकाशित समय : ०९:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु