global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ बबि यार नरसंहारः जहाँ ३४ हजार यहुदीको हत्या गरिएको थियो

बबि यार नरसंहारः जहाँ ३४ हजार यहुदीको हत्या गरिएको थियो

बबि यार नरसंहारः जहाँ ३४ हजार यहुदीको हत्या गरिएको थियो

दोस्रो विश्वयुद्धभर युरोपका यहुदीविरुद्ध डरलाग्दो जातीय नरसंहार भएको थियो । यस्तै डरलाग्दो जातीय नरसंहार युक्रेनको बबी यारमा भएको थियो । सन् १९४१ मा भएका सो नरसंहारमा झन्डै ३४ हजार मानिसको मृत्यु भएको थियो ।

नाजीले दुई दिन गरेको सो नरसंहारमा त्यति ठूलो संख्यामा यहुदी मारिएका थिए । तत्कालीन सोभियत युनियनको नियन्त्रणमा रहेको यक्रेनी राजधानी किभलाई सेप्टेम्बर २९ मा नाजीले कब्जा गरेर यहुदीलाई एउटा चौकीमा बोलाएर गोली ठोकेका थिए । मारिनेमा महिला र बालबालिका पनि थिए । नाजी नेता एडोल्फ हिट्लरको निर्देशन पालना गर्न जर्मनीको सेना १९ सेप्टेम्वरमा किभ पुगेको थियो ।

यहुँदीको हत्या गर्नुअघि राजधानी किभबाट उत्तर तर्फ रहेको बबी यारको एउटा खोचमा यहुदीलाई लगिएको थियो । त्यसपछि उनीहरूलाई निवस्त्र पारेर मेसिन गनले पालै पालो गोली ठोकिएको थियो । हत्या गरिएका व्यक्तिलाई नजिकै खाल्डो खनेर सामूहिक रुपमा पुरिएको थियो । नाजीले कतिपय यहुदीलाई फोहर र ढुंगाले छोपेका थिए । हजारौं व्यक्तिको शबले ववी यारमा रगतको खोलो बगेको थियो ।

सन् १९४१ देखि सन् १९४३ को अवधिमा थप एक हजार जनालाई बवी यारमा नै नरसंहार गरिएको थियो । यहुदी, सोभियत अधिकारी र रसियाका युद्धबन्दीलाई पहिला जस्तै निवस्त्र पारेर सामूहिक हत्या गरिएको थियो ।

जर्मनीको सेना सोभियत युनियनबाट भागेपछि नाजीले नरसंहारको प्रमाण मेटाउन नाजीले शबलाई निकालेर सामूहिक रूपमा जलाउने प्रयास गरेको थियो ।

प्रकाशित समय : ०९:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु