global ime bank Long Banner Ad

गृहपृष्ठ साबा महिला च्याम्पियनसिपमा नेपाल उपविजेता बन्यो

साबा महिला च्याम्पियनसिपमा नेपाल उपविजेता बन्यो

साबा महिला च्याम्पियनसिपमा नेपाल उपविजेता बन्यो

माल्दिभ्समा भइरहेको दोस्रो साबा (दक्षिण एसियाली बास्केटबल संघ) महिला च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको छ । श्रीलंकाले लगातार उपाधि जित्दा नेपाल भने फेरि उपविजेतामा सीमित बनेको हो ।

बुधबार भएको अन्तिम खेलमा नेपालले भुटानमाथि सहज जितसहित उपाधि जित्ने सम्भावना कायम राखेको थियो । तर बुधबारै राति नै श्रीलंकाले घरेलु टोली माल्दिभ्सलाई ७२.५९ ले हराउँदै च्याम्पियन बन्यो ।

च्याम्पियनसिपमा नेपाल र श्रीलंकाले दुई जित र एक हारबाट समान चार अंक नै जोडेको थियो । तर नेपालभन्दा श्रीलंकाले बढी अंक स्कोर गरेकोले श्रीलंका अघि रहँदै च्याम्पियन बनेको हो । सन् २०१६ मा काठमाडौंमा भएको पहिलो संस्करणमा पनि श्रीलंका सबै खेल जितेर च्याम्पियन बन्दा नेपाल दोस्रो भएको थियो ।

यस पटक पनि भारत सहभागि नहुँदा नेपालले उपाधि जित्ने लक्ष्यसहित माले पुगेको थियो ।

प्रकाशित समय : ०८:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु