गृहपृष्ठ एनएमबिको बडा दशैंमा बडा डिजिटल धमाका, पाइन्छ यति धेरै छुट
एनएमबिको बडा दशैंमा बडा डिजिटल धमाका, पाइन्छ यति धेरै छुट

एनएमबि बैंकले आफ्ना ग्राहकहरूलाई कार्ड, मोबाइल बैंकिङ छुट र क्यासब्याक सुविधा प्रदान गर्न बिभिन्न स्टोर र ब्रान्डसँग सहकार्य गरेको छ ।
यस महान उत्सवलाई लक्षित गरी दुई हजारसम्म छुट सुविधाहरू प्रदान गरेको बैंकले जनाएको छ ।
बैंकले आश्विन १० देखि बडा दशैंमा बडा डिजिटल धमाका सुरु गरेको छ । जसअन्तर्गत ग्राहकले मोबाइल बैंकिङ र कार्ड प्रयोग गर्दा दुई हजारसम्म पैसा बचत गर्न सक्नेछन् ।
एनएमबि बैंकको ग्राहकहरु डेबिट कार्डबाट ई–कमर्श र पोसमा कारोवार गर्दा १० प्रतिशत वा रु ३०० सम्म क्यासब्याक पाउन सकिनेछ ।
बैंकका अनुसार एनएमबि बैंकका ग्राहकहरुको क्रेडिट कार्ड बाट ई–कमर्श र पोसमा कारोबार गर्दा २० प्रतिशत वा रु ५०० सम्मको क्यासब्याक पाउन सकिनेछ ।
एनएमबि बैंकको ग्राहकहरुले ईएनएमबी एपबाट एनटिसी र एनसेल टपअपमा ३ प्रतिशत तत्काल क्यासब्याक अफर पाऊनु हुनेछ । त्यस्को साथसाथै, ईएनएमबी एपबाट क्यूआर पेमेन्ट गर्दा १० प्रतिशत वा २०० सम्मको क्यासब्याक पाउन सकिने छ ।
प्रकाशित समय : ०९:४० बजे