काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

‘डेंगु नियन्त्रणमा सरकारले ध्यान दिनुपर्छ’

9.62K
shares

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मुलुकमा डेंगु महामारीको रुपमा देखिएकाले यसको प्रभावकारी नियन्त्रणमा सरकारले विशेष ध्यान दिनुपर्ने बताएका छन् ।

आज राजधानीको रत्नराज्य बिद्यालयको बिज्ञान प्रयोगशाला हस्तान्तरण कार्यक्रममा बोल्दै नेता सिंहले उक्त कुरा बताएका हुन् । नेता सिंहले जन स्थरमा अनुभुत हुने गरी सरकारले काम गर्न म नेपाल सरकारको ध्यानाकर्षण गराउँछु भन्दै सरकारले तत्कालै विशेष अभियान सुरु गर्न आग्रह गरेको छ ।

बिरामीले सिटामोल धरि भनेको समयमा पाइदैँन भन्ने गुनासो रहेकाले सरकारलाई गम्भीर बन्न अपिल गरेका छन् । स्थानीय सरकारलाई पनि गम्भीरताका साथ लाग्न आग्रह गरेका छन् ।

फरक प्रसंगमा बोल्दै मुलुकमा संकटको निकासका लागि कांग्रेस अवसर पाउँदा जिम्मेवारी बहन गरेको छ भन्दै अहिलेको आम चुनावमा कांग्रेसलाई अवसर दिने हो भने मात्रै राजनीतिक स्थिरत्व आउनेसमेत बताएका छन् ।

मुलुकमा बेरोजगारी समस्याको समाधान स्थानीय साधन स्रोतको परिचालन पर्यटन क्षेत्रको बिकासमार्फत स्वरोजगारिको सृजना गरी युवा बर्गमा रहेको निराश अन्त गर्नु कांग्रेसको मुख्य ध्यान रहेको समेत बताएका छन् ।

स्वास्थ शिक्षामा आमूल परिवर्तनको खाचोरहेकाले त्यसतर्फ ठोस कार्ययोजनाका साथ आफु अगाडि बढेकाले साथ सहयोगका लागिसमेत आग्रह गरेका छन् ।