राष्ट्रपतिविरुद्धको रिटमाथि कारण देखाऊ आदेश
वि.सं.२०७९ असोज ९ आइतवार १३:५४
shares

सर्वोच्च अदालतले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्धको रिटमाथि कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश हरि फुयालको एकल इजलासले आइतबार कारण देखाऊ आदेश जारी गरेको हो ।
दुबै संसदले दोस्रो पटक पारित गरेर पठाएको नागरिकता विधेयक राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि नगरेको भन्दै सर्वोच्चमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई विपक्षी बनाइ रिट दायर भएको थियो ।

























