global ime bank Long Banner Ad

गृहपृष्ठ निर्वाचन आचारसंहिता कार्यान्वयनबारे आयोगले दलहरुसँग छलफल गर्दै

निर्वाचन आचारसंहिता कार्यान्वयनबारे आयोगले दलहरुसँग छलफल गर्दै

निर्वाचन आचारसंहिता कार्यान्वयनबारे आयोगले दलहरुसँग छलफल गर्दै

निर्वाचन आयोगले आज राजनीतिक दलसँग छलफल गर्दैछ । निर्वाचन आचारसंहिताबारे छलफल गर्न आयोगले दलका शीर्ष नेताहरूसँग छलफल गर्न थालेको हो । दलहरूसँग छलफल गरेर आचारसंहिताको प्रभावकारी कार्यान्वयन गराउने आयोगले जनाएको छ ।

छलफलका लागि प्रधानमन्त्री, गृहमन्त्रीसहित १२ राजनीतिक दलका प्रमुख तथा पदाधिकारीलाई बोलाइएको आयोगले जनाएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा छलफलमा आउने/नआउने निश्चित भएको छैन । आयोगले केही दिनभित्रै निर्वाचन आचारसंहिता लागू गर्ने तयारी गरेको छ ।

सोही आचारसंहिता कार्यान्वयनका लागि प्रतिबद्धता लिन दलहरूसँग छलफल गर्न लागिएको हो ।

प्रकाशित समय : ०८:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु