गृहपृष्ठ केन्द्रको बाँडफाँट नमिलाई गठबन्धन लाग्यो प्रदेशतिर
केन्द्रको बाँडफाँट नमिलाई गठबन्धन लाग्यो प्रदेशतिर
साउन २० मा कार्यदल बनाई भदौ पहिलोसाता भागबण्डा टुंग्याउने बताएको सत्ता गठबन्धनले असोज दोस्रो सातासम्ममा पनि सिट बाँडफाँट टुंग्याएको छैन ।
कार्यदल बाँडफाँट गर्न असफल भएपछि शीर्ष नेताहरु बालुवाटारको चक्कर काटिरहेका छन् । तर ‘मेरै गोरुको बाह्रै टक्का’मा सबै दल उत्रिएपछि बाँडफाँट झन जटिल बनेको हो । तथापी १६५ प्रतिनिधि सभामध्ये ८५ सिटमा लगभग कुरा मिलेको गठबन्धनको दाबी छ । बाँकी रहेका सिटहरु निकै पेचिलो बनिरहेका छन् ।
तर गठबन्धन केन्द्रको अलपत्रै छोडि प्रदेशतिर मोडिएको छ । सत्ता गठबन्धनले अब प्रदेशसभाको सिट बाँडफाँटका लागि छलफल थाल्ने भएको छ ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रतिनिधि सभाको सिट बाँडफाँटबारे छलफल भएको थियो । अहिलेसम्म भएको सहमतिलाई कायम राख्दै अब प्रदेशसभाबारे छलफल थाल्ने सहमति भएको एक नेताले बताए ।
उनले भने, ‘भोलिदेखि प्रदेशसभाको सिट बाँडफाँटबारे छलफल सुरु गर्ने सहमति भएको छ ।’
प्रकाशित समय : ०९:०४ बजे


















