skip this prabhu bank contant

गृहपृष्ठ घोषणापत्रका लागि कांग्रेसले माग्यो मतदाताको सुझाव

घोषणापत्रका लागि कांग्रेसले माग्यो मतदाताको सुझाव

घोषणापत्रका लागि कांग्रेसले माग्यो मतदाताको सुझाव

नेपाली कांग्रेसले घोषणापत्रमा मतदाताको सुझाव आह्नान गरेको छ । घोषणापत्र तयारी समितिले जनभावना संकलन गर्न प्रविधिका विभिन्न माध्यमबाट सुझावका लागि आह्नान गरेको हो । समितिले त्यसका लागि आन्तरिक छलफलदेखि ‘प्रत्यक्ष सार्वजनिक संवाद’ सम्मका कार्यक्रम गरिरहेको समितिका प्रवक्ता एवम् सहमहामन्त्री जीवन परियारले बताए ।

उनले ‘यस्तो बन्नुपर्छ कांग्रेसको घोषणा पत्र’ भनेर मतदाताबाट सुझाव माग गरिएको बताए । ‘हामीले सामाजिक सञ्जालका विभिन्न माध्यमबाट सुझावका लागि आव्हान गरेका छौँ,’ प्रवक्ता परियारले भने, ‘ह्वाट्स एप, भाइबर, इमो लगायत विभिन्न माध्यमबाट हामीलाई घोषणापत्रमा सुझाव पठाउन मिल्छ । हामीले स्वदेश र विदेशमा रहनुहुने नेपाली कांग्रेसका सदस्य, समर्थक, शुभेच्छुक र आलोचक एवं समस्त नेपाली मतदाताहरूबाट सुझावको अपेक्षा गरेका छौँ ।’

विभिन्न माध्यमबाट आएका सुझावहरुलाई समितिले घोषणा तयारीका क्रममा सम्बोधन गर्ने जनाएको छ ।

प्रकाशित समय : ०७:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु