global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ खाद्य कम्पनीले घटायो खानेतेलको मूल्य

खाद्य कम्पनीले घटायो खानेतेलको मूल्य

खाद्य कम्पनीले घटायो खानेतेलको मूल्य

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खानेतेलको मूल्यमा थप १० रुपैयाँ घटाएको छ । छुट पसलमा बजारभाउ भन्दा बढी मूल्य राखेको गुनासो आएपछि कम्पनीले मंगलबार लिटरमा थप १० रुपैयाँ घटाएको कम्पनीका बिक्री बितरण विभाग प्रमुख भीमबहादुर थापाले जनाए । नयाँ मूल्य मंगलबारदेखि नै लागू भइसकेको छ ।

‘अब सर्वसाधारणले सनफ्लावर तेल मूल्य प्रतिलिटर २ सय ८५, तोरीको तेल २ सय ७५ र भटमासको तेल २ सय ४० रुपैयाँमा किन्न सक्छन्,’ थापाले भने, ‘उक्त मूल्य बजारभाउभन्दा धेरै सस्तो हो ।’ खाद्यले सीजी कम्पनीको तेल बिक्री गर्दै आएको छ ।

उक्त तेल साल्ट ट्रेडिङ कर्पोरेसनबाट खरिद गरेर बिक्री गरिएको थापाले बताए । ब्राण्डअनुसार पनि बजारमूल्य फरक भएको उनको दाबी छ । यद्यपि पछिल्लो समय सरकारले भन्सार दर घटाएपछि तेलको मूल्यमा गिरावट आएको छ ।

सहुलियत पसल सञ्चालन गर्नुअघि खाद्यले सनफ्लावर ३ सय २ रुपैयाँ, तोरी २ सय ८७ रुपैयाँ र भटमासको तेल २ सय ५२ रुपैयाँमा बिक्री गरेको थियो । असोज १ देखि सहुलियत पसल सञ्चालन भएलगत्तै प्रतिलिटर ७ रुपैयाँ घटाएर नयाँ मूल्य निर्धारण गरेको थियो । यसअनुसार सनफ्लावर प्रतिलिटर २ सय ९५, तोरीमा २ सय ८० र भटमास २ सय ४५ रुपैयाँमा बिक्री भएको थियो । मंगलबार मूल्य पुनः घटाइएको हो ।

मुसुरोको दालको मूल्य घटाएर १ सय ४५ रुपैयाँ तोकेको थापाले बताए । चाडबाडमा खाद्यसँगै साल्ट ट्रेडिङ कर्पोरेसन, दुग्ध विकास संस्थानले पनि आफ्नो उत्पादनमा छुट दिएका छन् । सहुलियत पसल असोज १ देखि कात्तिक १५ सम्म सञ्चालन हुनेछ ।

प्रकाशित समय : ०८:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु