गृहपृष्ठ डिशहोममा १ वर्षको रिचार्ज गर्दा सन्त बहादुरले जिते नगद एक लाख

डिशहोममा १ वर्षको रिचार्ज गर्दा सन्त बहादुरले जिते नगद एक लाख

डिशहोममा १ वर्षको रिचार्ज गर्दा सन्त बहादुरले जिते नगद एक लाख

अब १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने भएको छ । यो योजनाअन्तर्गत डिशहोम डीटीएचका ग्राहकले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफरमार्फत १ बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन् ।

साथै, यो अफरअन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्रमार्फत नगद एक लाख जित्ने अवसर पाउनेछन् । यसै क्रममा पाखृवास न पा २ धनकुटा, फलाटेका सन्त बहादुर राना मगरले एक लाख जितेका छन् ।

भारद्वाज इन्टरप्राइजेज डिलरअन्तर्गत रहेको योगेश इलेक्टोनिक्स पाखृवासका डिलर दाईकोमा एक वर्ष रिचार्ज गरेर सन्त बहादुरले लक्कि ड्रमा सहभागी हुने अवसर पाएका थिए । डिशहोमको तर्फबाट सेल्स अफिसर मनोज रिजालबाट जितेका पुरस्कार रकम हस्तान्तरण गरेका छन् । विजेता सन्त बहादुर राना मगरलाई हार्दिक बधाई दिँदै सम्पुर्ण डिशहोम डीटीएचका ग्राहकले यो योजनामा सहभागी भई लाभ लिन सक्ने विश्वास कम्पनीले लिएको छ ।

लक्कि ड्रको प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टीभी, रमाईलो एचडी, सरोकार टीभी, नेपाः च्यानल, र डिशहोम सोकेसमा हेर्न सकीनेछ ।

प्रकाशित समय : १७:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु