गृहपृष्ठ माओवादीले बुझायो समानुपातिकको बन्द सूची

माओवादीले बुझायो समानुपातिकको बन्द सूची

माओवादीले बुझायो समानुपातिकको बन्द सूची

नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक बन्दसूची पेस गरेको छ । सोमबार महासचिव देव गुरुङ, उपमहासचिव वर्षमान पुन सहितका नेताहरु निर्वाचन आयोग पुगेर सूची बुझाएका हुन् ।

पुनका अनुसार माओवादीको चुनाव चिह्नबाट लड्न तयार भएका डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका ५ जनाको नाम प्रतिनिधिसभाको बन्दसूचीमा राखिएको छ ।

प्रतिनिधिसभामा भट्टराईको पार्टीका ५ जनासहित ११० र प्रदेशसभामा २२० गरी कूल ३३० जनाको नाम पेस गरिएको उनले बताए ।

बाबुरामको पार्टीले यसअघि नै माओवादी केन्द्रको चुनाव चिह्नमा चुनाव लड्ने सहमति गरिसकेको छ ।

प्रकाशित समय : १७:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु