गृहपृष्ठ धितोपत्र बजारको लाइसेन्सका लागि आवेदन माग
धितोपत्र बजारको लाइसेन्सका लागि आवेदन माग
नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारको लाइसेन्सका लागि आवेदन माग गरेको छ ।
बोर्डले आइतबार सूचना प्रकाशित गर्दै स्टक एक्सचेन्ज, कमोडिटी एक्सचेन्ज, स्टक ब्रोकर र स्टक डिलरको लाइसेन्सको लागि आवेदन माग गरेको हो ।
बोर्डले गत साता मात्रै धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावलीको पाँचौ संशोधन गरेको थियो । बोर्डले यसपटक दलाल व्यवसायीको लाइसेन्समा कोटा नतोकी योग्य सबै आवेदकलाई लाइसेन्स दिनेगरी नियमावली संशोधन गरेको छ ।
नियमावली संशोधन भएर प्रथम पटक लाइसेन्स दिएपछि भने बजारको अवस्था अध्ययन गरेर हरेक ३÷३ वर्षमा लाइसेन्सको आवेदन माग गर्न सकिनेछ ।
बोर्डले स्टक ब्रोकर र स्टक डिलरको लागि सूचना प्रकाशन भएको मितिले ३० दिनभित्र आवेदन दिइसक्नुपर्ने जनाएको छ ।
यस्तै बोर्डले धितोपत्र बजारका लागि पनि आवेदन माग गरेको छ । दुई साताअघि मन्त्रिपरिषबाट स्वीकृत भएर बोर्ड सञ्चालक समितिले सम्बोधन गरेको धितोपत्र बजार सञ्चालन नियमावलीले न्युनतम ३ अर्ब चुक्ता पुँजीसहित निजी क्षेत्रको लगानीमा नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिने बाटो खुलाएको थियो ।
बोर्डले आइतबार ४५ दिने सूचना प्रकाशित गर्दै नयाँ स्टक एक्सचेञ्ज सञ्चालनका लागि आवेदन माग गरेको हो ।
प्रकाशित समय : ०९:४९ बजे


















