गृहपृष्ठ समानुपातिक उम्मेदवार छान्न माओवादीको अन्तिम कसरत
समानुपातिक उम्मेदवार छान्न माओवादीको अन्तिम कसरत
समानुपातिक तर्फका उम्मेदवारको टुंगो लगाउन नेकपा (माओवादी केन्द्र) अन्तिम कसरतमा जुटेको छ । आइतबार बिहान पार्टी कार्यालय पेरिसडाँडामा बैठक बसी माओवादीले बन्द सूची तयार गर्न थालेको हो ।
आज र भोलि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने निर्वाचन आयोगको कार्यतालिका छ । यससँगै ठूला राजनीतिक दलहरु उम्मेदवारको सूची तयार पार्न व्यस्त बनेका छन् ।
नेकपा (एमाले) र नेपाली काँग्रेस पनि अहिले छलफलमै केन्द्रीत बनेका छन् ।
प्रकाशित समय : ०९:३६ बजे


















