गृहपृष्ठ विश्वकप विदेशी च्यानलमा हेर्न नपाइने, नेपाली टीभी च्यानलमै अतिरिक्त शुल्क तिरेर हेर्नुपर्ने

विश्वकप विदेशी च्यानलमा हेर्न नपाइने, नेपाली टीभी च्यानलमै अतिरिक्त शुल्क तिरेर हेर्नुपर्ने

विश्वकप विदेशी च्यानलमा हेर्न नपाइने, नेपाली टीभी च्यानलमै अतिरिक्त शुल्क तिरेर हेर्नुपर्ने

मंसिर ४ बाट कतारमा सुरु हुने फिफा विश्वकप २०२२ का खेलहरु विदेश टीभी च्यानलमा हेर्न नपाइने भएको छ । नेपालभित्र नेपाली टेलिभिजन च्यानलमै अतिरिक्त शूल्क तिरेर हेर्नुपर्ने गरि तयारी गरिएको छ ।

अघिल्ला विश्वकपहरुमा विदेशी टेलिभिजन च्यानलमा खेल हेरिँदै आइएको थियो । तर फिफाले नेपालका लागि यसपटक ‘एक्सक्लुसिभ’ प्रसारण अधिकार मिडिया हबलाई बेचेका कारण विदेशी च्यानलबाट विश्वकप हेर्न नपाइने भएको हो ।

नेपालका लागि विश्वकपको प्रसारण अधिकार मिडिया हबले किनेको छ । जसले केही दिनमै कुन टीभी च्यानलबाट प्रसारण गर्ने टुंगो लगाउने छ ।

तथापी मिडिया हबका अध्यक्ष सोम धितालले हिमालय टेलिभिजनमार्फत् विश्वकप देखाउने गरी समझदारी भइरहेको र केही दिनमै कानुनी प्रक्रिया टुंग्याएर घोषणा गर्ने बताएका छन् ।

विदेशी च्यानलमा हेर्न नमिल्ने गरी नेपालभित्र एक्सक्लुसिभ अधिकार लिँदा ठूलो लगानी गर्नुपरेका कारण यसपटक ‘पे पर भ्यू’ मोडलमा विश्वकप देखाउन लागिएको हो ।

जसअनुसार गत शुक्रबार नेट टीभी र भायनेटले विश्वकप प्रसारणका लागि सम्झौता गरिसकेका छन् । डीसहोम, सुविसु लगायतका एमएसओ र आईपीटीभी सेवा प्रदायकहरुसँग सघन कुराकानी भइरहेको मिडिया हबले जनाएको छ ।

झण्डै एक महिना चल्ने विश्वकप हेर्नका लागि प्रतिसेटअप बक्स करिव ५ सय रुपैयाँ शुल्क लगाउने गरी छलफल भएको बुझिएको छ ।

प्रकाशित समय : १०:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु