गृहपृष्ठ सिक्लेस हाइड्रोपावरको आईपीओमा आवेदन दिने आइतबार अन्तिम दिन
सिक्लेस हाइड्रोपावरको आईपीओमा आवेदन दिने आइतबार अन्तिम दिन
सिक्लेस हाइड्रोपावरले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने आइतबार अन्तिम दिन रहेको छ ।
कम्पनीले बुधबारदेखि निष्कासन गरेको आइपीओमा पहिलो तीन कारोबार दिनमै मागभन्दा बढीको आवेदन परे पछि निष्कासन बन्द गर्ने भएको हो । लगानीकर्ताले आज बैंकिङ समयसम्म आवेदन दिन पाउनेछन् । सिडिएससीका अनुसार कम्पनीको आईपीओमा ९ लाख ७२ हजारले एक करोड १० लाख कित्ताको लागि आवेदन दिएका छन् ।
कम्पनीले सर्वसाधारण समुहको ११ लाख ५० हजार कित्तामध्ये तीन प्रतिशत अर्थात ३४ हजार ५०० कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात ५७ हजार ५०० कित्ता सामुहिक लगानीकोषका लागि सुरक्षित गरेको छ ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
प्रकाशित समय : १०:३३ बजे
















