गृहपृष्ठ राणा फर्किने भएपछि सर्वाेच्च परिसरमा सुरक्षा बढाइयो, न्यायाधीश र बारकाे राेक्ने तयारी
राणा फर्किने भएपछि सर्वाेच्च परिसरमा सुरक्षा बढाइयो, न्यायाधीश र बारकाे राेक्ने तयारी

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाले नियमित काममा फर्किने सन्देश सर्वाेच्चमा पठाएपछि व्यापक सुरक्षा तैनाथ गरिएको छ । अदालत प्रवेशद्वारमा कार्यालय समयअघि नै व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरिएको हो ।
राणाविरुद्ध महाभियोग लगाउनुपर्ने आधार र कारण रहेको भन्दै संसद्को महाभियोग सिफारिस समितिले प्रतिवेदन बुझाएकै साँझ राणाले आफू सर्वोच्च अदालतको नियमित जिम्मेवारीमा फर्कने सन्देश अदालतलाई पठाएका थिए ।
तर, निलम्बन फुकुवा नभएको तर्क गर्दै उनलाई रोक्न आइतबार नेपाल बार र सर्वोच्च अदालतका न्यायाधीशहरू सर्वोच्च अदालत पुग्ने तयारी गरेका छन् । राणालाई रोक्न सर्वोच्चको मूल गैटमै कार्यालय समअघि नै सुरक्षाकर्मी परिचालन गरिएको हो ।
शनिबार अबेर राति महाभियोग सिफारिस समितिले सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाउँदै गर्दा राणालाई महाभियोग लगाउनुपर्ने उल्लेख गरेको थियो ।
प्रकाशित समय : १०:३३ बजे