गृहपृष्ठ सिप्रदी अटोपार्ट्सको दसैँ अफर सार्वजनिक

सिप्रदी अटोपार्ट्सको दसैँ अफर सार्वजनिक

सिप्रदी अटोपार्ट्सको दसैँ अफर सार्वजनिक

सिप्रदी अटोपार्ट्स प्रालिको इटहरीस्थित आधिकारिक बिक्रेता (टाटा च्याम्पयन जोन) सप्तकोशी सप्लायर्सले दसैँ अफर ल्याएको छ । नेपालीको महान चाड दसैँ अवसरमा कम्पनीले टाटा जेन्यून पार्ट्स एवं टाटा जेन्यून आयलमा विशेष छुटका साथ उक्त अफर ल्याएको हो ।

उक्त अफरको टाटा मोटर इन्डिया लिमिटेड कमर्सियल भेइकलका इन्टरनेस्नल सर्भिस हेड भेंकेटेस अलवल एवं सिप्रदी अटोपार्ट्स प्रालिका सिनियर जनरल म्यानेजर युवराज वुढाथोकीले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।

टाटा कमर्सियल गाडीका धनीले अझबढी सुपथ मूल्यमा जेन्युन पार्ट्स प्रयोग गरुन भन्ने उद्देश्यसहित अफर सार्वजनिक गरिएको कम्पनीले बताएको छ । यसरी जेन्यून पार्ट्सको प्रयोग गर्दा गाडीको आयू बढ्ने र पटक-पटक मर्मत सम्भार गर्नबाट छुटकारा मिल्ने विश्वास कम्पनीले लिएको छ ।

यो अफरमा ग्राहकले एक बट्टा टाटा जेन्युन आयल खरिद गर्दा अर्को एक बट्टा आयल नि:शुल्क पाउनेछन् । यसैगरी क्लच प्लेट तथा प्रेसर प्लेटको सेट, व्रेक लाइनिङ र इम्पेरियल ग्रिजको खरिदमा पनि एउटा किन्दा अर्को सित्तैमा पाइनेछ भने फिल्टरमा ४५ प्रतिशत छुट पाउने उक्त सप्लायर्सका संचालक वोध प्रसाद तिमिल्सिनाले बताए । यो अफरबाट धेरैभन्दा धेरै गाडी धनीले लाभ उठाउन सक्ने उनको भनाई छ ।

प्रकाशित समय : १७:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु