गृहपृष्ठ नेप्सेमा उच्च अंकको गिरावट, कारोबार रकम भने बढ्यो
नेप्सेमा उच्च अंकको गिरावट, कारोबार रकम भने बढ्यो
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पाँचौं दिन बिहीबार उच्च अंकले घटेकाे छ । कारोबारको सुरुवातदेखि नै ओरोलो लागेकाे नेप्से अन्तिममा उच्च अंकको गिरावट भएर बन्द भएको हो ।
बिहीबार नेप्से ५७ अंकले बढेर एक हजार ९ सय २४ दशमलब ४८ विन्दुमा बन्द भएको छ । त्यस्तै, नेप्से घटे पनि कारोबार रकममा भने उच्च वृद्धि भएको छ । नेप्सेमा २ अर्ब १२ करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
कारोबार भएका कम्पनीमध्ये २ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने १८६ वटा कम्पनीको सेयरमूल्य घटेको छ । यसमध्ये एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । सिटिजन्स म्युचुअल फण्ड २ को सेयरमूल्य ४.१२ प्रतिशतले बढेको छ ।
नेप्सेका अनुसार एनआइसी एसिया फ्लेक्सी क्याप फण्डको सबैभन्दा बढी गिरावट भएको छ । यसको सेयरमूल्य ८ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा सबैभन्दा बढी लक्ष्मी बैंकको भएको छ । यसको आज २१ करोड ५० लाख भन्दा बढीको कारोबार भएको छ ।
प्रकाशित समय : १६:०१ बजे
















