गृहपृष्ठ दि नेपाल डिस्टिलरिजको ‘खुकुरी ह्वाइट रम’ बजारमा
दि नेपाल डिस्टिलरिजको ‘खुकुरी ह्वाइट रम’ बजारमा
संगठनात्मक क्षेत्रमा स्थापना भएको नेपालको पहिलो मदिरा उत्पादक कम्पनी ‘दि नेपाल डिस्टिलरिज’ले आफ्नो बहुचर्चित खुकुरी ब्राण्डअन्तर्गत ‘खुकुरी ह्वाइट रम’ बजारमा ल्याएको छ ।
योसँगै खुकुरी ब्राण्डको पोर्टफोलियोमा अब तीन प्रकारका रम भएका छन् । जस्तै, खुकुरी ट्रिपल एक्स, खुकुरी स्पाइस्ड र खुकुरी ह्वाइट रम रहेका छन् ।
खुकुरी ह्वाइट रम एक स्पष्ट पारदर्शी रम हो, जसले गर्मीयामका पेयको माग पूरा गर्नेछ । यसलाई बरफ(आइस) हालेर पिउन सकिन्छ, वा कोला वा जुसजस्ता मिक्सरसँग पनि पिउन सकिन्छ । ‘खुकुरी ह्वाइट रम’लाई ककटेल बनाउन व्यापकरुपमा प्रयोग गर्न सकिन्छ । मोजितो लोकप्रिय ककटेलमध्ये एक हो, जुन ह्वाइट रम प्रयोग गरी बनाइन्छ ।
ह्वाइट रमको स्थानीय उत्पादन नहुने र आयातीत मदिरामा प्रतिबन्धका कारण नेपालका बारले हिजोआज मोजितो बनाउन अन्य पारदर्शी र सेतो रक्सीको प्रयोग गर्नुपर्ने बाध्यता छ । तर, अब नेपाली उपभोक्ताले फेरि ह्वाइट रमसँग मोजितो पिउन सक्नेछन् । खुकुरी रम मोजितो पारखीलाई अरू कुनै तरल पदार्थ होइन रममा बनेको मोजितो नै अर्डर गर्नसमेत प्रोत्साहन गर्दछ ।
नेपालको मौलिक स्वादलाई कायमै राखेर कम्पनीले खुकुरीको ह्वाइट रम तयार गर्न २ वर्षभन्दा बढी समय लगाएको थियो । ह्वाइट रमलाई विश्वस्तरीय तरल पदार्थको रुपमा विकास गर्नुअघि व्यापक परीक्षण र प्रतिक्रियाको श्रृंखला सञ्चालन गरिएका थिए । यो क्रममा नेपालका सबै प्रिमियमबार र रेष्टुरेन्टबाट अपार समर्थन र सहयोग प्राप्त भएको थियो ।
प्रकाशित समय : १५:५४ बजे

















