गृहपृष्ठ प्रोटोन नेपालको दसैँ र तिहार अफर सार्वजनिक
प्रोटोन नेपालको दसैँ र तिहार अफर सार्वजनिक
प्रोटोन ब्राण्ड गाडिको आधिकारीक विक्रेता, शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले ‘गन्तब्य खुशीयालीको-हर्ष दसैँ र तिहारको’ भन्ने नाराका साथ दसैँ-तिहार पर्व विशेष योजना ल्याएको छ ।
‘अभिभावकको कार-सन्तानको स्कूटर साकार’ भन्ने अभियानका साथ ल्याइएको यो योजनाअन्तर्गत ग्राहकले हरेक ‘Saga Sedan Car’ को खरिदमा TVS Ntorq स्कुटर जित्ने अवसर प्राप्त गर्नेछन् ।
यसका साथै यस योजनामा ‘X50 / X70 SUV Car र Saga sedan car’ अन्तर्गत ग्राहकले आकर्षक नगद पुरस्कार, एक बर्षका लागि नि:शुल्क इन्स्योरेन्स सेवा तथा सडक दस्तुर, एक्स्चेञ्ज सुविधाका साथै सहज फाइनान्स सुविधा एवं आकर्षक गिफ्ट ह्याम्परसमेत प्राप्त गर्न सक्नेछन् । स्टक सीमित रहेकोले स्टक रहेसम्म मात्र यो सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
प्रकाशित समय : १५:३५ बजे

















