global ime bank Long Banner Ad

गृहपृष्ठ पूर्वन्यायाधीश कठघरामा आउन नमानेपछि महाभियोग समितिको बैठक सर्‍यो

पूर्वन्यायाधीश कठघरामा आउन नमानेपछि महाभियोग समितिको बैठक सर्‍यो

पूर्वन्यायाधीश कठघरामा आउन नमानेपछि महाभियोग समितिको बैठक सर्‍यो

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणाविरुद्ध छानबिन गर्न बनेको महाभियोग सिफारिस समितिको बैठक सरेको छ । आज बिहीबार बिहानका लागि डाकिएको बैठक दिउँसो १ बजेका लागि सारिएको हो ।

समितिका सचिव लक्ष्मीप्रसाद गौतमका अनुसार बैठक यसअघि बिहान ८ बजे बैठक बस्ने भनिएको थियो ।

तर, सर्वोच्च अदालतका न्यायाधीशहरूले सिफारिस समितिको छलफलमा नआउने जानकारी बुधबार साँझ दिएपछि समितिको बैठक केही समय धकेलिएको हो ।

समितिले दिउँसो १ बजे चार पूर्वन्यायाधीशलाई बैठकमा बोलाएको छ । समितिले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाअभियोग प्रस्तावमा छानबिन गरिरहेको छ ।

प्रकाशित समय : ०९:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु